Prakash Adhikari February 20, 2018

काठमाडौं, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको सांगठानिक संरचना र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएका छन्।

सोमबार राति पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेपछि दुई दलले संगठन र अन्तरिम विधान प्रतिवेदनसम्बन्धी कुरा टुंग्याउन यी कार्यदल बनाएका हुन् ।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुविर महासेठ सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा ‘बादल’, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य छन्।

पार्टीको अन्तरिम विधान बनाउनै कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त सदस्य छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन्।

Share Now

Leave a comment.