Prakash Adhikari July 12, 2021

बेम्बली रंगशाला,लण्डन(संयुक्त अधिराज्य), २८ आषाढ । फुटबल खेलमा अत्यन्त प्रतिष्ठित मानिएको यूरोपेली मुुलुकहरुको खेल क्षमता परीक्षण गर्ने यूरो कप इटालीले जितेको छ ।

बेलायतको वेम्वेली स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि हासिल गरेको हो।

खेलमा इटालीले पेनाल्टी सुटआउटमा ईंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औँ संस्करणको उपाधि जितेको हो। ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।

सन् १९६८ मा घरेलु मैदानमा भएको प्रतियोगितामा युगोस्लाभियालाई हराउँदै इटाली च्याम्पियन बनेको थियो। एकपटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाएको इटाली अहिले चौथो पटक फाइनलमा पुगेको हो्। इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो।

पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा उपविजेता मै चित्त बुझाउन बाध्य भयो। ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डको सपना भने अधुरै रहेको छ।

इंग्ल्यान्डले यसअघि सन् १९६६ मा भएको विश्वकपको उपाधि जितेको थियो। त्यसयता टोली पहिलोपटक फाइनलमा पुगेको हो। युरोकपको १० संंस्करणमा छनोट भएको इंग्ल्यान्ड दुईपटक तेस्रो भएको थियो। युरोकपमा सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको यसपहिलेको उत्कृष्ट नतिजा हो।

Image

निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो।

घरेलु टोली इंग्ल्याण्डले खेलको दोस्रो मिनेटमा नै लुक शाको गोलमा अग्रता बनाएको थियो। काइरान ट्रीपिएरले दिएको क्रस पासमा काउन्टर अट्याकमा शा ले पहिलो टचमा नै गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको इटालीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। पहिलो हाफमा बल नियन्त्रणमा इटालीले पकड जमाएपनि गोलमा परिणत गर्ने सफलता र प्रतिस्पर्धीको गोल प्रयासलाई रोक्नमा भने तालमेल मिलेको थिएन ।

खेलको ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा गोल गर्दै खेलमा फर्कियो। इंग्ल्यान्डका डिफेन्सले क्लिअर गर्न नसकेको बलमा बोनुचीले गोल गर्दै इटालीलाई खेललाई बराबरीमा ल्याएका थिए ।

इङ्गल्यान्डको सपना अधुरै

इङ्गल्यान्डको उपाधि चुम्ने आधा दशकको पर्खाइ वेम्बली रंगशालाको पेनाल्टी शुटआउट असफलतासँगै फेरि लम्बिएको छ।

त्यहीँ इटलीले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप २०२० जित्दै इतिहास रचेको छ।

निर्धारित समयको १-१ गोलको बराबरी र त्यसपछिको अतिरिक्त समय छिचोल्दै भएको टाई ब्रेकरमा इटलीले इङ्गल्यान्डलाई ३ २ ले पराजित गरेको हो।

इटली र इङ्गल्याण्ड

विश्वासपूर्ण अनुमान, तनाव र आफू अनुकूलको माहोलमा इङ्गलिस समर्थकहरूको मन तब पीडामा बदलियो जब बुकायो साकाको आइतवार रातिको अन्तिम पेनाल्टीलाई इटलीका गोलकिपर जियानलुगी डोनारुमाले आत्मविश्वासका साथ रोकिदिए।

सन् १९६८ पछि इटलीले दोस्रो पटक युरो कप जितेको छ। साथै टोलीको अपराजित खेल यात्राको सङ्ख्या पनि ३४ पुगेको छ।

इटली र इङ्गल्याण्ड

इटली र इङ्गल्याण्ड

पीडा
वेम्बली रंगशालामा इङ्गल्यान्डका लुका शाले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेर इङ्गल्यान्डलाई गजबकै सुरुवात दिलाएका थिए।

युरो कपको इतिहासमै त्यो फाइनलमा भएको छरितो गोल थियो।

तर इटलीले विस्तारै खेलमा नियन्त्रण जमायो र विपक्षीलाई लगातार दबाबमा राख्नुको परिणाम स्वरुप ६७ औं मिनेटमा बराबरी गोल फर्कायो।

लियोनार्डो बोनुचीले कर्नरमा प्राप्त अवसरमा गोलकिपरले छेकेर फर्केको बलमा पोष्ट नजिकबाट गोल गरे।

त्यसपछि पेनाल्टी शुटआउटसम्म पुगेको खेलमा इङ्गल्यान्डको लागि पीडादायी बन्यो।

इङ्गलिस खेलाडीहरूले तीन वटा पेनाल्टीमा गोल गर्न सकेनन्। कप्तान हेरी केन र हेरी मागुइरेले मात्र गोल गर्न सके।

इङलिस किपर जोर्डन पिकफोर्डले २ पेनाल्टी बचाएर टोलीको आशा जीवित राखेपनि स्ट्राइकरहरू नराम्ररी चुक्न पुगे।

मुख्य प्रतियोगिताहरूमा पेनाल्टी सधैँ इङ्गलिस टोलीको खड्गो बन्दै आएको छ।

यसअघि सन् १९९०, १९९६, १९९८, २००४, २००६ र २०१२ मा पनि टोली पेनाल्टी शुटआउटबाटै बाहिरिएको थियो।

इङ्गलिस प्रशिक्षक ग्यारेथ साउथगेटले बीबीसीसँग भने, “यो ठूलो निराशा हो। मैले प्रशिक्षणका बेला देखाएको विश्वासका आधारमा पेनाल्टी हान्ने खेलाडी छानेको हुँ। तर यहाँसम्मको यात्राको लागि म खेलाडीहरूलाई धन्यवाद दिन्छु।”

अन्तिम पेनाल्टी गुमाएका १९ वर्षीय साकालाई मैदानमा सहयात्रीहरूले सान्त्वना दिइरहँदा वेम्बलीभरि रहेका दर्शक र देशभरि सडकमा उत्रिएका समर्थकहरूको मनमा भने त्यो भावना थिएन।

खुसी

Image
सन् २०१८ मा इटलीले आफ्नो लामो फुटबल इतिहासमा नराम्रो पीडा भोगेको थियो।

रुसमा भएको सो विश्वकपमा टोली छनौट समेत हुन सकेन।

चार वर्ष नै पुगेको छैन, टोलीसँग अहिले युरो कपको उपाधि छ। अनि त्यसयता लगातार ३४ खेलसम्म नहारेको कीर्तिमान पनि छ।

प्रशिक्षक रोबेर्टो मान्सिनीको लागि त्योभन्दा ठूलो खुसी अरु के हुन सक्ला ?

अनि फाइनल अघि इट्स कम होम को नारा लगाइरहेका इङ्गलिस समर्थकहरू सामू इटलीका खेलाडीहरूले रंगशालामा चिच्च्याइ चिच्च्याइ गाए ( इट्स कमिङ टु रोम।

 

Share Now

Leave a comment.