Prakash Adhikari July 12, 2021

काठमाडौं, २८ आषाढ । सर्वोच्च अदालतको पछिल्लो फैसलाका बारेमा छलफल गर्न नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह लगायतको पाँच दलीय गठबन्धनको बैठक कोटेश्वरमा सुरु भएको छ।

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार उक्त बैठकमा एमालेबाट वरिष्ठ नेता माधव नेपाल र नेता रघुजी पन्त मात्रै सहभागी हुनुहुन्छ।

काँग्रेसबाट शेरबहादुर देउवा सहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खडका सहभागी भएका छन् भने माओवादी केन्द्रका प्रचण्ड, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ सहभागी हुनुभएको छ।

जसपा, नेपालका उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल सहभागी बन्नुभएको छ।

बैठकमा अब बन्ने सरकारका बारेमा पनि छलफल हुने नेताहरूको भनाई छ।

Share Now

Leave a comment.