काठमाडौं, ३० आषाढ । नबिल बैंकले ‘३७ दिने ह्याप्पीनेस’ अफर सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, मोबाइल बैंकिड.मा लगायत लकरमा समेत विभिन्न छुट सहितको प्याकेज अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत बैंकले सोमबारदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कमा विशेष छुट दिनेछ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध हुनेछ ।
बैंकले १ सय ३५ वटा शाखा, १ सय ८३ वटा एटीएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेन्टबाट आफ्ना ग्राहकहरुलाई उच्च प्रविधिमा आधारित भरपर्दो सेवा प्रदान गरिरहेको छ ।


















