काठमाडौं, ३० आषाढ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ भन्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिनुभएको हो ।
Congratulations and best wishes to Hon. Sher Bahadur Deuba for his appointment as the new Prime Minister of Nepal! The U.S. mission looks forward to working with him to advance our nearly 75-years of friendship at all levels, from govt to all Nepalis.🙏🇳🇵🇺🇸 pic.twitter.com/FmTdXRgFOS
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) July 13, 2021


















