Prakash Adhikari July 14, 2021

काठमाडौं, ३० आषाढ । नेपाल बंगलादेश (एनबी) बैंकमा लगानी गरेको बंगलादेशको आइएफआइसी बैंक आफ्नो शेयर बेचेर बाहिरिन खोजेको छ ।

एनबी बैंकले आइएफआइसीको स्वामित्वमा रहेका सबै शेयर बिक्रीका लागि संस्थापक सेयरधनीलाई ३५ दिने सूचना निकालेको छ ।

संचालक समितिको सोमबार साँझ बसेको ३७१औं बैठकले आइएफआइसी बैंकसँग रहेको कुल ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

 

 

Share Now

Leave a comment.