Prakash Adhikari February 25, 2018

एजेन्सी, मुम्बई । धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित भएर व्यवसायिक फिल्म निर्माण हुने भएको छ । यो फिल्म निर्माण गर्नका लागि निर्माताले यूपी सरकारसँग मेमोरेन्डम अफ अन्डरस्टैन्डिङ पत्रमा हस्ताक्षर गरेका छन्।

यो फिल्म ‘3डी’ मा बनाइने छ । फिल्मलाई अल्लू अरविन्द, नामित मल्होत्रा र मधु मन्तेनाले निर्माण गर्नेछन् । खबरका अनुसार, यो फिल्म ३ सिरिज र तीन अलग-अलग भाषा (तमिल, तेलुगु र हिन्दी) मा बनाइने छ ।

फिल्मका निर्माता मधु मन्तेनाले भने, ‘५ सय करोडमा फिल्म निर्माण हुनेछ । भारतको सबैभन्दा महंगो फिल्म बनाउने हाम्रो सोच हो । नयाँ टेक्नोललोजी र भिएफएक्ससँगै हामी यो पौराणिक कथालाई एकपटक फेरि नयाँ पिढीका दर्शकमाझ ल्याउन चाहन्छौं ।’

‘रामायण’ का लागि अब कलाकार र निर्देशक छनौट गर्ने तयारीमा निर्माण टिम जुटेको छ । भारतीय मिडियाका अनुसार, यसै वर्षबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरणको लिड रोल हुनेछ ।

Share Now

Leave a comment.