Prakash Adhikari August 19, 2021

काठमाडौं, ३ भाद्र । विगत केही समयदेखि परिसूचक बढोत्तरीमा दैनिक कीर्तिमान राख्दै आएको नेपालको शेयर बजारमा बिहिबार १८.२४ बिन्दुको करेक्सन देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई ३१८०.७८ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ ।

बिहिबार कूल २ सय २९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ८ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४ सय ३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु १ अर्ब १६ करोड ५२ लाख ४० हजार ३ सय ८७, नेशनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २ सय ४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३ सय २० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख ७ हजार २ सय २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

मूल्यका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए ।

यस्तै एचआइडीसीएल, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ ।

बिहिबारको बजारमा ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए ।

साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २ सय १८ बराबर पुगेको छ ।

Share Now

Leave a comment.