Prakash Adhikari August 20, 2021

काठमाडौं, ४ भाद्र । सरकारले वागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिश गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

सरकाले प्रदेश प्रमुख बनाउन सिफारिश गरेका शर्मा माधव नेपालको अत्यन्त निकट र विश्वासी मानिनुहून्छ । माधव नेपाल प्रधानमन्त्री भएका बेला प्रमुख स्वकीय सचिव रहनुभएका यादव लामो समयदेखि नेपालको सचिवालयमा रहनुभएको थियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएपछि फेरिने चौथो प्रदेश प्रमुख हुनुहुन्छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसक्नुभएको छ।

Share Now

Leave a comment.