काठमाडौं, ५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयका सहयोगीहरुको नियुक्ति गर्ने कार्यको शुरुआत गतुृभएको छ ।
उहाँले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गर्नुभएको छ ।
प्रमुख स्वकीय सचिवको मुख्य कार्य प्रधानमन्त्रीको सचिवालय अन्तरगत नियुक्त हुने सल्लाहकार र सचिवालयका सहयोगीहरुसंग समन्वय गरी प्रधानमन्त्रीलाई चाहिएको सहयोग जुटाइदिने व्यवस्था गर्नु हो ।
प्रमुख स्वकीय सचिव भानुले यसअघि पनि प्रधानमन्त्री देउवालाई प्रमुख स्वकीय सचिवको सेवा दिइसक्नुभएको छ ।
लामो समयदेखि प्रधानमन्त्री देउवाको निकट सहयागी रहदै आउनुभएका भानु अनुभवका हिसाबले पनि परिपक्व मानिनुहुन्छ ।
उहाँको सहयोगी भावना तथा शालिन र भद्र व्यक्तित्व प्रधानमन्त्री देउवाप्रति सद्भाव बढाउन निकै सहयोगीसिद्ध भएको कांग्रेस कार्यकर्ताहरु बताउछन् ।
आफ्नो पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ता पनि चिन्नुहुने, मुलुककमा मुख्य राजनीतिक पार्टीका नेताहरु, विभिन्न पेशागत संगठनका प्रमुखहरु, कर्मचारीहरु, नेपालमा कार्यरत कुटनीतिक नियोगका प्रमुखहरु र राज्यका सवैधानिक निकायहरुका पदाधिकारीहरु सबैसंग परिचित भएको हुनाले उहाँको नियुक्तिलाई उचित ठाउँमा उपयुक्त व्यक्तिको चयनको रुपमा लिइएको छ ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले सल्लाहकार र सचिवालयका अन्य सहयोगीहरु चयन गर्न बाँकी नै छ ।


















