Prakash Adhikari September 10, 2021

 

काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको जानकारी सत्ता साझेदार दलका नेताहरुलाई दिनुभएको छ ।

आज बिहान बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा उहाँले मन्त्री बन्नेहरूको नामावली अन्य नेताहरुसंग माग्नुभएको जानकारी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको छ ।

आजको बैठकमा बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका नेताहरु कुनै छलफल नभएको पौडेलले दावी गर्नुभयो ।

Share Now

Leave a comment.