सिउल(कोरिया), १४ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले नेपाल हाउसलाई थप व्यवस्थित र आर्कषण बनाउने उद्देश्यले च्यारिटी डिनरको आयोजना गर्ने भएको छ ।
नेपाल हाउस कोरियामा रहेका नेपाली संघ संस्थाले कार्यक्रम, बैठक, अधिवेशन, सेमिनार लगायत सञ्चालन गर्ने साझा थलोको रुपमा रहदै आएको छ ।
एनआरएनका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङले च्यारिटी डिनर मार्च ३ तारिख दोङ्देमून नजिकै न्यू छंगी होटलमा हुने जानकारी दिएका छन् ।
उपाध्यक्ष गुरुङले नेपाल हाउसलाई साँस्कृतिक केन्द्रको रुपमा पनि परिणत गरी थप व्यवस्थित र आर्कषण पार्ने योजना रहेको बताए।
सो च्यारिटी डिनरमा उपस्थित हुन एनआरएन कोरियाले कोरियामा क्रियाशील सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, व्यावसायी, विद्यार्थी, मिडियाकर्मी, बुद्धिजीविलाई आग्रह गरेको छ ।