हङकङ, १४ फागुन । हङकङ नेपाली महासंघ आयोजना र साइबर क्राइम हङकङ पुलिसको सहयोगमा आइतबार साइबर क्राइम सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।
याउमाताई कम्यूनिटी हलमा सम्पन्न सो कार्यक्रममा हङकङमा रहेका नेपालका विभिन्न समुदायका संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो ।
हङकङ पुलिस फोर्सको साइबर सेक्युरिटी र टेक्नोलोजी क्राइम ब्यूरो अपरेशन टिमसंगका विज्ञहरुको उपस्थिति रहेको सो गोष्ठी निकै
उपयोगी भएको सहभागीहरुले बताएका छन् ।
गोष्ठीको समापनका अवसरमा महासंघको सदस्य संस्थाहरूको नवनिर्वाचित अध्यक्षहरूलाई सम्मान समेत गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ हङकङको नवअध्यक्ष कमल कुमारी लिम्बू (असली वनेम) र ठकुरी समाज हङकङको अध्यक्ष याम मल्ललाई खादा ओडाएर सम्मान गरिएको थियो । त्यस्तै तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरूङ र तमु एसोसिएशनको रमन गुरूङलाई पनि खादा ओडाएर सम्मान गरिएको थियो ।
यसै बीच शनिवार हंगकंगमा रहेका खापुड.हरुको परिचयात्मक भेला सम्पन्न भएको छ भने शुक्रबार अन्तर्राष्ट्रिय केलाङ महोत्सव सम्पन्न भएको छ ।
महोत्सवमा उत्कृष्ट हुने कुम्मायक केलाङ समूहका संयोजक गणेश चेम्जोङ र निर्देशक तेजेन्द्र चेम्जोङलाई प्रमाणपत्रले सम्मानित पनि गरिएको थियो।
शनिवार नै याक एण्ड यति रेष्टुरेण्टमा एकदेव लिम्बु नाईट सम्पन्न भएको छ भने शुक्रबार तिल्लिड. समाज हंंगकंगको आयोजनामा इन्द्र लिम्बू एकल साँझ सम्पन्न भएको छ ।
मार्च १ मा हंगकंगको एक्स गोर्खा रेष्टुरेण्ट एण्ड वारमा खुकुरी साँझ आयोजना हुनेभएको छ ।