Prakash Adhikari February 27, 2018

 

हरारे(जिम्बाबे), १५ फागुन । विश्वकप क्रिकेटको छनोट खेल खेल्न जिम्बाबे आएको नेपाली क्रिकेट टीमले संयुक्त अरब इमिरेट्स संगको पहिलो अभ्यास खेलमा १ सय ७२ रनको लक्ष्य पाएको छ ।

यूएईले २८.५ ओभरमा अल आउट हुनुपूर्व १ सय ७१ रन बटुलेको थियो ।

हरारेको क्वेक्वे क्रिकेट मैदानमा भएको आजको अभ्यास खेलमा यूएईले टस जित्दै ब्याटिड. रोजेको थियो ।

खेलमा करण केसीले ३ विकेट लिएका थिए भने ललित भण्डारीले ४ विकेट र ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिएका थिए ।

खेल वर्षाका कारण निर्धारित समयभन्दा ढिलो शुरु भएको थियो खेल २९ ओभरमा छोट्याएको थियो ।

Share Now

Leave a comment.