Prakash Adhikari September 24, 2021

काठमाडौं, ८ असोज । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वडा अधिवेशन भएका ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

यस अगाडि नै नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरिसकेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले अधिवेशन सुचारु गर्न आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गर्ने बताएको छ ।

काँग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ ।

पदाधिकारीको बैठकपछि कांग्रेस नेताहरुले छिट्टै १३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक बताउनुभएको छ ।

Share Now

Leave a comment.