Prakash Adhikari February 28, 2018

 

पाखरा(कास्की), १६ पोखरा । नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ को पोखराबाट छायांकन सुरु भएको छ । मगंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरियो ।

कमेडी जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशक सुब्रत आचार्यले बताए । फिल्ममा समावेश एउटा गीत भने काठमाडौंमा खिचिने छ । ‘रुद्र गर्ल’ सारा सिपालीसँग अभिनेता सलोन बस्नेतले फिल्ममा रोमान्स गर्नेछन् ।

वर्ष २०७५ को तीजको छेकोमा प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ मा नायिका प्रियंका कार्की गेस्ट रोलमा देखिँदै छिन् । विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिन प्ले अभिमन्यूकै हो ।

सुरेश अधिकारीको सोलो शब्द र संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । सुख(सुविधामा हुर्किएकी एक युवतीको कथा फिल्मले बोल्छ ।

Share Now

Leave a comment.