Prakash Adhikari February 28, 2018

काठमाडौं, १५ फागुन । नेकपा एमाले र माओवादी केन्द्रको एकीकृत पार्टीका अन्तरिम विधान र वर्तमान संरचनाका भातृसंगठनहरुको समायोजन विधि पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन दुई उपसमिति गठन गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार बसेको कार्यदलको बैठकले फागुन २२ भित्र प्रारम्भिक मस्यौदा पेश गर्न दुईरदुई सदस्यीय कार्यदल गठन गरेको हो ।

अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन भएको छ ।

त्यस्तै जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन, पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको अर्को उपसमिति बनेको छ।

दुवै उपसमितिले फागुन २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम बिधान र संगठनात्मक एकीकरणको विधि पार्टी एकता संयोजन समितिसमक्ष पेश गर्नेछ ।

दुवै दलले आ(आफ्नो विधान, दस्तावेज र कमिटीहरुको विवरण यस अगावै आदानप्रदान गरिसकेका छन्् ।

माओवादी नेता रामवहादुर थापा बादलको संयोजकत्वमा रहेको अन्तरिम विधान निर्माण र भातृसंगठन समायोजन कार्यदलमा एमालेका ईश्वर पोखरेल, बिष्णु पौडेल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे,रघुवीर महासेठ र बेदुराम भुसाल रहेका छन भने माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल,वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव रहेका छन् ।

Share Now

Leave a comment.