Prakash Adhikari September 29, 2021

काठमाडौं, १३ असोज । निरन्तर ओरालो लाग्दै आएको नेपालको शेयरबजार  बुधबार ५० अंक बढेको छ।

यस दिन नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ५०.५८ अंक बढेर २६६.९३ विन्दुमा पुगेको छ।

बुधबार सेन्सेटिभ इण्डेक्स ८.५८ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९९ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने केही घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७४ करोडको कारोबार भएको बजारमा यस दिन २ सय २९ कम्पनीको ६३ हजार ९ सय १६ पटकको कारोबारमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँ बराबरको ९८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेपालको धितोपत्र बजारमा कारोबार हुने १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.८७ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको ४.२२ प्रतिशत बढेको छ।

बुधबार विकास बैंक उपसमूहको परिसूचक ३.१८ अंक बढेको छ भने व्यापार, निर्जीवन बीमा, अन्य र लगानी उपसमूहका परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा बुधबार अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको साढे १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन ग्रीन डेभलपमेन्ट बैंक र अपि पावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, पछिल्लो समय दैनिक १० प्रतिशत बढीरहेको मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९.९३ प्रतिशत बढेको छ।

 

Share Now

Leave a comment.