Prakash Adhikari September 29, 2021

काठमाडौं, १३ असोज । राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनका क्रममा सो नगरपालिकामा मतदान स्थगित भएको थियो ।

मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताउनुभयो । चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेसन अन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन ।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आम कार्यकर्तामा रहेको छ ।

लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुङिगएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आँकलन गरेका छन् । मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलकको भनाइ छ । बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

भेरोसेलको खोप लगाइँदै

बाँकेमा तीन दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ । जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई सो खोप लगाइने छ । यस्तै यसअघि उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने शर्माले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.