कोलोम्बो, १४ असोज (रासस/सिन्ह्वा) । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का नवनियुक्त गभर्नर अजिथ निवार्द काबरालले शुक्रबार अनलाइन प्रस्तुतिमा देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न छ महिने रोडम्याप सार्वजनिक गर्नभएको छ ।
सरकारले निर्यातकर्तालाई आफ्नो डलरको राजस्व अनिवार्य रुपमा रुपान्तरण गर्ने नियमलाई बलियो बनाउने काबरालले बताउनुभयो ।
उहाँले आफ्नो नाफा फिर्ता नलिने र रूपान्तरण नगर्ने निर्यातकर्तामाथि दोहोरो कर लगाउन सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।
विदेशी मुद्रा लेनदेनको राम्रो अनुगमन गर्न सीबीएसएलले अन्तरराष्ट्रिय लेनदेन रिपोर्टिङ सिस्टम (आईटीआरएस) स्थापना गर्ने पनि उहाँले बताउनुभयो । क्याबरालले इलेक्ट्रोनिक्स र पोसाकजस्ता गैर–आवश्यक आयातमा लगाइएको १०० प्रतिशत नगद सीमा कम गर्ने घोषणा पनि गर्नुभएको छ ।
यसैबीच, श्रीलङ्कामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उहाँले भन्नुभयो, “कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना बिस्तारै स्वभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ सुधार गर्न प्रयास गर्नेछ ।”
उहाँले वित्तीय कम्पनीहरूलाई निरुत्साहित र तरल अवस्थामा सययोग जारी रहने बताउनुभयो । सरकारले २०२२ मा परिपक्व अन्तरराष्ट्रिय सार्वभौम बन्डहरू (आईएसबी) फिर्ता लिने सोच रहेको पनि बताउनुभयो । उहाँले आइएसबीको सट्टा सरकारी ऋण लिइने बताउनुभयो ।


















