माले(माल्दिभ्स्), १६ असोज । माल्दिभ्समा भैरहेको साफ च्याम्पियनसीप खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले माल्दिभ्सलाई पराजित गरेको छ ।
शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १० ले पराजित गरेको हो ।
खेलको ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
साविक विजेता माल्दिभ्सलाई घरेलु मैदानमा जितपछि नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । नेपालले तीन अंक जोडेको छ ।
नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो जित हात पारेको हो । यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी गर्न भएको थियो भने पाँच खेलमा हार बेहोरेको थियो ।
सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग ३० ले पराजित भएको थियो ।
पाँच टिम सहभागी साफमा नेपालले अब दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ ।


















