Prakash Adhikari October 2, 2021

कीर्तिपुर(काठमाडौं), १६ असोज । कीर्तिपुरमा भैरहेको एभरेष्ट प्रिमियर लिग ( ईपीएल टि २०) अन्तर्गत शनिवार दुई खेल हुँदैछन्।

शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र सन्दीप लामिछाने कप्तानीको काठमाडौँ किंग्स ११ बीचको पहिलो खेल ९ः ३० बजे बिहान सुरु हुने तालिका रहे पनि पानीले भिजेर मैदान चिसिएकोले बिलम्बित भएको छ भने यसको असर करन केसी कप्तानीको बिराटनगर वारियर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज दिउसो १ : ३० बजे सुरु हुने दोश्रो खेलमा पनि पर्ने देखिएको छ।

Everest Premier League

पहिलो खेलमा ३ खेलमा ४ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा रहेको भैरहवा आज जित दर्ता गर्दै अंकअलिकामा शिर्ष स्थानमा रहेर प्लेअफ प्रवेश सुनिस्चित गर्न अग्रसर देखिएको छ भने ललितपुरसंग ‘टाई’ नतिजा ल्याएको भैरहवा जस्तो सुकै परिस्थितिमा जितेर बढ्ने धुनमा छ।

अर्कोतर्फ २ खेलमा १ जित र १ हार पछि २ अंक रहेको काठमाडौँ पनि दोश्रो जित दर्ता गर्दै उत्कृष्ट ४ मा प्रवेश चाहन्छ।

डिफेन्डिङ च्याम्पियन ललितपुर बिरुद्ध शानदार जित दर्ता गर्दै प्रतियोगिता सुरु गरेको काठमाडौँ चितवनसंगको ३ विकेटको हार पछि पुन लयमा फर्कन चाहिरहेको छ ।

विराटनगर गर वा मरको स्थितिमा

Image

लिग अंकतालिकामा तिन वटै खेलमा हार पछि अंकविहिन एक मात्र टोलीको रुपमा रहेको बिराटनगर वारियर्सले प्ले अफ सम्भावना जीवित राख्न आज जित्नै पर्ने आवस्यकता छ।

३ खेलमा ३ अंक बटुलेको पोखराको भने जितले प्लेअफ यात्रा सहज बन्न सक्छ।

 

Share Now

Leave a comment.