Prakash Adhikari October 3, 2021

 

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा एक निर्वाचन क्षेत्रभएका हिमाली जिल्लामा दशै अगाडि जिल्ला अधिवेशन गर्ने क्रममा मुस्ताड. र रुकुम पूर्वको नेतृत्व चयन भैसकेको छ ।

शनिवार भएको जिल्ला अधिवेशनबाट रुकुम पूर्वमा केशरमान रोका जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनभएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसको मुस्ताङ सभापतिमा रोमी गौचन थकाली निर्वाचित हुनुभएको छ।

शनिबार भएको जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित हुनुभएको हो।

 

बुढानिलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी

काठमाडौंस्थित बुढानिलकण्ठ नगरपालिकाको नेपाली काङ्ग्रेसको नगर सभापति पदमा राजाराम बुढाथोकी निर्वाचित हुनुभएको छ।
शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १ सय ५५ मत ल्याउनुभयो भने प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ।

उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की निर्वाचित हुनुभएको छ। यस्तै, सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी ।

सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएको काङ्ग्रेसले जनाएको छ।

कागेश्वरी मनोहरा सभापतिमा उद्धव दाहाल

नेपाली कांग्रेसको कागेश्वरी मनोहरा नगर अधिवेशनबाट सभापति पदमा उद्धव दाहाल विजयी हुनुभएको छ।

उहाँले १ सय ५१ मत ल्याएर सभापतिका उम्मेदवार मिठ्ठाराम दाहाललाई पराजित गर्नुभएको थियो । मिठ्ठारामले जम्मा १ सय ३८ मत पाउनुभएको थियो।

 

कांग्रेस शंखरापुर सभापतिमा दिलिपकुमार श्रेष्ठ

नेपाली कांग्रेसको शंखरापुर नगर सभापति पदमा दिलिपकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ।

८६ मत ल्याउनुभएका श्रेष्ठले आफ्ना प्रतिस्पर्धी सत्यमान लामालाई हराउनुभएको थियो । लामाले ६८ मत मात्रै पाउनुभयो।

नगरको उपसभापतिमा अमित प्रधान र मिलन खड्का विजयी हुनुभयो भने सचिवमा स्वयम्भूलाल श्रेष्ठ र रनबहादुर तामाङ ।

सहसचिवमा भने श्रीराम लामिछाने र बसन्त थिङ विजयी भएका हुनुभएको छ।

तारकेश्वरमा कृष्णहरि महर्जन निर्वाचित

नेपाली कांग्रेस तारकेश्वर नगरपालिका सभापतिमा कृष्णहरि महर्जन बिजयी भएका हुनुभएको छ।

१ सय ३५ मत ल्याउनुभएका महर्जनले सभापतिका उम्मेदवारहरू श्रीराम थापा र मुकुन्द तिमिल्सिनालाई पराजित गर्नुभएको थियो । निर्वाचनमा श्रीराम थापाले १ सय १४ र मुकुन्द तिमिल्सिनाले २ मत मात्रै ल्याउनुभएको थियो।

उपसभापतिमा १ सय २३ मतसहित जमुना तिमिल्सिना र १ सय २५ मतसहित नवराज अर्याल विजयी हुनुभएको छ।

सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी हुनुभयो भने सहसचिवमा सरस्वती पौडेल र अप्सरा खड्का ।

नागार्जुन सभापतिमा दुर्गाप्रसाद गौतम

नेपाली कांग्रेसको नागार्जुन नगर सभापतिमा दुर्गाप्रसाद गौतम निर्वाचित हुनुभएको छ ।

शनिबार भएको अधिवेशनबाट गौतम सभापति निर्वाचित हुनुभएको हो ।

विराटनगर सभापतिमा दीपक चापागाईं

नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित हुनुभएको छ।

आइतबार बिहान आएको मतपरिणाम अनुसार चापागाईं २ सय १२ मतसहित सभापति पदमा निर्वाचित हुनुभएको हो।

उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १ सय ६५ मत मात्रै प्राप्त गर्नुभएको थियो।

सभापति पद प्रत्यासी कृष्ण कार्कीले १ सय ३३ र अरूण न्यौपानेले १ सय २७ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

यसैगरी महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित हुनुभएको छ भने सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल ।

मोरड.मा को को ?

काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका तथा बेलबारी, सुनवर्षी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी हुनुभएको छ । उहाँ शम्भु भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन्। लिम्बुले १ सय ३६ मत प्राप्त गर्नुभएको थियो भने भट्टराईले ९४ मत ।

कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित हुनुभएको छ। दाहालले ७३ मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेदवार दीपक चौलागाईले ७१ मत प्राप्त गर्नुभएको थियो।

कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी हुनुभएको छ। उहाँले ८४ मत पाउनुभयो। उहाँका निकटम् प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गर्नुभयो।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित हुनुभएको छ। राईले १ सय ३४ मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेदवार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गर्नुभएको थियो।

धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी हुनुभएको छ। पाण्डेले ८३ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार बासुदेव रायले ३७ मत प्राप्त गर्नुभएको थियो।

सुनवर्षी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका हुनुभएको छ । उहाँले १ सय ५ मत प्राप्त गर्नुभएको थियो सभापतिका अर्का उम्मेदवार महेश्वर राजवंशीले ८९, बैजनाथ झाले ८ म प्राप्त गर्नुभएको थियो।

यस्तै, पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई विजयी बन्नुभएको छ। उहाँले ८२ मत प्राप्त गर्नुभएको थियो।

राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित

नेपाली कांग्रेस लमजुङस्थित राइनास नगर सभापति पदमा श्रीकृष्ण पौडेल निर्वाचित हुनुभएको छ ।

१ सय २२ मत ल्याउनुभएका पौडेलले प्रतिस्पर्धी उम्मेदवार नुरराज कडरियालाई पराजित गर्नुभएके थियो। कडरियाले जम्मा ७५ मत मात्रै पाउनुभयो ।

राइनासको उपसभापतिमा सन्तोष गुरूङ र राजकुमार भुजेल निर्वाचित हुनुभएको छ भने सचिवमा गोविन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ ।

सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्यौपाने निर्वाचित हुनुभएको छ।

गत असोज ९ मा निर्वाचन हुँदा यहाँ पौडेल नाम रहेको मतपत्रमा चिन्ह लगाउने ठाउँ राखिएको थिएन। विवाद हुँदा मतपत्र नै नष्ट गरेर शनिबार फेरि चुनाव गरिएको हो।

काठमाडौं महानगरमा मतदान जारी

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ । आइतबार मतदान भइरहेको छ ।
शनिबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको हो ।

मतदान दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा मतदान हुनेछ । नगर सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रतिस्पर्धामा हुनुहुन्छ।

रञ्जित सभापति शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहका साझा उम्मेदवार हुनुहुन्छ भने शाक्यलाई प्रकाशमान सिंह र गगनकुमार थापा समूहको समर्थन रहेको छ ।

 

Share Now

Leave a comment.