काठमाडौं, १७ असोज । नेपाल डेमोक्रेट युुनियनले मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले नेपालको गरिबी निवारणको लागि सडक र जलविद्युत प्रशारण लाइनको निर्माणका लागि दिएको झण्डै ६० अर्ब नेपाली रुपैया बराबरको अनुदान सहयोगको विरोध नगर्न राजनीतिक दल र नागरिकहरुलाई आग्रह गरेको छ ।
युनियनका प्रेसिडेण्ट सिद्धार्थ गौतमले हालै एक विज्ञप्ति जारी गर्दै नेपालको भरपर्दो र सच्चा प्रजातन्त्रवादी मित्र संयुक्त राज्य अमेरिकाले नेपालको विकासका लागि उपलब्ध गराउन लागेको एमसीसी सहयोगको नेपालका कम्युनिष्ट पार्टीहरुले विरोध गरिरहेको आरोप लगाउनु भएको छ ।
युनियनले सो संझौतालाई यथाशीघ्र संसदबाट अनुमोदन गराएर अमेरिकाले दिएको सहयोग नेपालको विकासमा लगाउने वातावरण तयार पार्न पनि सरकारसंग आग्रह गरेको छ ।
देशलाई सधै अन्धकार, विपन्नता र विकासहीनताको खाडलमा जाकेर त्यसैका आधारमा राजनीति गर्न पल्केका कम्युनिस्टहरुले नै अरुण तेस्रो आयोजना रद्द गराएर देशलाई अध्यारोतर्फ धकेलेकोे स्मरण गराउदै युनियनले तिनै तत्वहरु अहिले एमसीसी रद्ध गराएर अहिले पुनः देशलाई अन्धकारतिर लैजाने दुस्साहस गरिरहेको आरोप लगाएको छ ।


















