Prakash Adhikari October 4, 2021

काठमाडौं, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव एवम् पाका कम्युनिष्ट नेता नेपालमा जनयुद्धबाट गणतन्त्र स्थापना गर्नुपर्छ भनेर प्रस्ताव ल्याउने मोहन वैद्यले राजा फिर्ता ल्याउन र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

योहो टेलिभिजनाको सत्य संवाद कार्यक्रममा जीवराम भण्डारीसंगको अन्तरवार्तामा उहाँले कम्बोडियामा राजा नराद्दम सिंहानुकलाई फिर्ता ल्याए जस्तै नेपालमा पनि राजा फिर्ता ल्याउन सकिने बताउनुभएको छ ।

उहाँले राजा बिनाको नेपालको राजनीति देशको स्वाधीनताको हित विपरीत गएको आरोप लगाउदै त्यसको रक्षाको निमित्त राजासंग सहकार्य हुन सक्ने बताउनुभएको छ ।

उहाँले गणतन्त्रपछि आएका नेताहरु डब्बल राजा भएको र नेकपा एमालेका अध्यक्ष के.पी. ओली त सम्राट नै बन्न खोजको आरोप लगाउनुभएको छ । गणतन्त्रपछिका नेताहरु भन्दा राजा नै उचित भएको निष्कर्ष पनि निकाल्नुभएको छ ।

उहाँले पहिले भारतीयहरुले नेपालमा एउटा राजावादी शक्ति, एउटा कांग्रेस र एक बामपन्थी शक्ति रहेको बताउने गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसको समाजवादको पनि आलोचना गर्नुभएको छ । एमाले र माओवादीको पनि आलोचना गर्नुभएको छ । सबैलाई संसदबादी भएको र यसले समाजवाद नआउने ठोकुवा गर्नुभएको छ ।

उहाँले राजावादी शक्तिलाई दुई ढगले हेर्नुपर्ने बताउनुभएको छ । राजाले पनि कम्युनिष्टहरु खत्तम हुन भन्न नहुने र स्वाधीनताको रक्षाको सबालमा एकै ठाँउमा आउन पर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले एमसीसीको विरोध गर्ने, कालापानी,लिपुलेक र लिम्पियाधुरा ल्याउने कुरामा एकै ठाँउमा उभिन सकिने बताउदै राजा सामन्त र पूँजीपति भए भनेर छोइछिटो गर्ने अवस्था नरहेको बरु अरु दलका नेताहरु नै सामन्त र पूँजीपति दलाल निस्केको पनि उल्लेख गर्नुभयो ।

उहाँले राजाले नरोद्दम सिंहानुक जस्तो भए वा नयाँ ढंगले जान तयार भए आफूहरुले स्वीकार्ने कुनै पूर्वाग्रह नराख्ने गर्ने उल्लेख गर्नुभएको छ । उहाँले राजाले पनि कम्युनिष्ट अवसरवादी नभएको र क्रान्तिकारी भएको स्वीकार गरेमा देशभक्त र जनपक्षीय शक्तिहरु एक भएर जान सकिने बताउनुभएको छ ।

विगतबाट धेरै पाठ सिकिएको बताउदै उहाँले अब राजतन्त्र पनि पहिलेको जस्तो नरहने र गणतन्त्रवादीहरु पनि पूर्ववत नरहेकोले नयाँ ढंगले जान सकिने बताउनु भएको हो ।

उहाँले जनयुद्ध गणतन्त्र,संघीयता र धर्म निरपेक्षताजसता केही परिवर्तन भएपनि गुणात्मक नभएको आफूहरुले र नपाली जनताले चाहेको राष्ट्रिय स्वधाीनताको रक्षा गर्ने स्वतन्त्रालार्य साँचो अर्थमा जनवाद दिने जनताको जनजीविकाको समाधान गर्ने र बैज्ञानिक समाजवाद ल्याउने यात्रा भएको साथीहरुले विश्वासघात गर्नुभएको आफूहरुले त्यसलार्य नाघेर जान नसकेको बताउनुभएको छ ।

उहाँले १२ बुँदे दिल्ली संझौताको पनि विरोध गर्नुभएको छ । उहाँले आफू र सीपी गजुरेल लगायतका नेताहरु जेलमा परेको र सो संझौताबारे थाहा नभएको बताउनुभएको छ । उहाँले त्यो संझौता नेपालको कतै बसेर गर्न सकिने पनि उल्लेख गर्नुभएको छ । उहाँले आफूहरु जेलबाट छुुट्दा शान्ति संझौताको सबै सकिएको र विरोध गर्ने ठाँउ नरहेको बताउनुभएको छ ।

उहाँले संविधान सभाबाट सबै कुरा आउने भएकोले त्यसबेला चूप लागिको पनि बताउनुभएको छ ।

उहाँले सेना समायोजन पनि असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले एमसीसीको पनि विरोध गर्नुभएको छ । उहाँले यसलाई हिन्द प्रशान्त रणनीतिको अंगको रुपमा व्याख्या गर्दै सैनिक रणनीति अन्तरगत भएको बताउनुभएको छ । यसलाई नवउपनिवेशवादी रणनीतिको अंग भएको बताउनुभएको छ । यो नेपाली जनताको हित र राष्ट्रिय स्वाधीनता विरोधी भएको बताउनुभएको छ ।

वैद्यको अन्तरवार्ता आएपछि नेपाली कांग्रेसका नेता जेपी गुप्ताले कम्युनिष्ट र राजावादीहरुको सहकार्य ७० बर्ष अगाडिदेखि नै रहेको उल्लेख गर्दै ट्वीट गर्नु भएको छ ।

Share Now

Leave a comment.