Prakash Adhikari October 30, 2026
काठमाडौँ, १३ कात्तिकः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले  घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार  धितोपत्र बजार परिसूचक ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा पुगेको छ ।
आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर रु आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मूल्यमा खरिद बिक्री भएको छ ।
तेह्रवटा उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । आज १०२ कम्पनीको सेयर बढ्यो भने  १६९ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, सोपान फार्मास्यूटिकल्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।
–––
Share Now