काठमाडौं, १९ असोज । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएको छ ।
एअरपोर्टबाट यात्रुहरुले दिएको जानकारी अनुसार श्री एअरको श्री एयरको ९ एन(एएनएफ) जहाजमा समस्या आएको हो ।
जहाजमा यात्रु अन बोर्ड गरेपछि ढोका बन्द गरी जहाज उडान गर्नका लागि स्टार्ट गरेर ट्याक्सी वेबाट रनवेमा निकाल्ने क्रममा जहाज अनियन्त्रित भई पीच छोडेर घाँसतिर हुत्तिएको थियो ।
जहाजमा करिब ८० जना यात्रु सवार थिए ।
क्याप्टेन महेश्वरी डंगोलको कमाण्डमा रहेको जहाज ट्याक्सी वेबाट पीच छोडेर घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो ।
जहाज अनियन्त्रित हुन लागेपछि रोकेर जहाजमा भएका सबैलाई उतारेर अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको छ ।