काठमाडौं, १७ फागुन । नेपाली सिने जगतकी चर्चित अभिनेतृ प्रियंका कार्कीको जन्मदिनमा अभिनेता आयुष्मान देशराज जोशीले गरेको २० लाख खर्च नेपाली फिल्मी दुनियामा ठूलो चर्चाको विषय भएको छ ।
लामो समयदेखि प्रेममा रहेको यो सुन्दर जोडीको लगन गाँठो त जुर्न नै बाँकी छ ।
तर उनको प्रेममा डुबेका अभिनेता आयुष्मान देशराज जोशीले मंगलवार अभिनेतृ प्रियंका कार्कीको ३२ औं जन्म दिवसमा उनलाई सरप्राइज नै दिए ।
आयुष्मानले प्रियंकालाई साँझ सुन्दर शैलीमा बग्गीमा राखेर राजकुमारीलाई जसरी काठमाडौं शहर घुमाए ।
स्वयम् प्रियंकाले वग्गी सवारीको आफ्नो अनुभूतिका बारेमा फेसबुकमा लेखिन, ‘पहिलोपटक म यसरी कामिरहेकी थिएँ र नर्भस थिएँ । जब हामी बग्गी चढेर शहर घुम्यौं, मानिसहरुले हाँस्दै हाम्रो फोटो खिचिरहेका थिए र म राजकुमारी जस्तो महसुस गरिरहेकी थिएँ ।’
प्रियंकाको बर्थडे सेलिव्रेट गर्न प्रेमी आयुष्मानले काठमाडौंको रोयल एम्पायर बुटिक होटल ुबुकु गरे ।
दुवै परिवारको जमघट गरेर उनले प्रियंकाको जन्मदिवस अविस्मरणीय बनाउने भरमग्दूर प्रयास गरे ।
होटलमाआयुष्मानकी आमा रविना देशराज, भाई आशिरमान देशराजसँगै प्रियंकाकी आमा पनि उपस्थित थिइन् ।
उनले प्रेमिकालाई जन्मदिनमा महंगो पर्ने एक औँठी पनि उपहार दिएका छन् ।
हास्यजोडी दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी लगायतका पाहुनाहरु पनि प्रियंकालाई बर्थडे ुविसु गर्न होटल पुगेका थिए ।
प्रियंकाको बर्थडे सेलिव्रेट गर्न आयुष्मानले करीब २० लाखसम्म खर्च गरेको बताइएको छ ।