Prakash Adhikari March 1, 2018

काठमाडौं, १७ फागुन । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सत्तारुढ एमाले(माओवादी केन्द्रले बुधबार गरेको कसरत पनि परिणाममा पुग्न नसकेपछि आज पुन बैठक बस्ने भएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बसेको थियो ।

बैठकमा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने बिषयमा वाम गठबन्धनका नेताहरु सहमत भएका छन् ।

तर फोरमले भने मधेश आन्दोलनका बेलामा भएको सहमति अनुरुप संशोधन गर्ने प्रत्याभूति खोजेको छ ।

प्रदेश २ को सरकार निर्माणमा साझेदार रहेको, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनमा रहेको र कतिपय अवस्थामा आन्तरिक प्रतिस्पर्धामा समेत रहेको मधेश केन्द्रीत राष्टिय जनता पार्टीले आफ्ना एजेण्डा छोडेर सत्तालिप्सामा लागेको आरोप लगाएकोले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उधारो सहमति भन्दा संविधान संशोधनकै मुद्दामा सत्तारुढ बामपन्थी दलको प्रतिबद्धता र लिखित प्रत्याभूतिको खोजीमा छन् ।

बाम गठबन्धनका नेताहरु भने आज फोरमसंग सहमति कायम हुनेमा विश्वस्त छन् ।

Share Now

Leave a comment.