Prakash Adhikari March 1, 2018

 

काठमाडौ, १७ फागुन। एफसी केन्ट गोर्खा भेट्रान बेलायतले “सामुदायिक बाल उद्धार केन्द्र” काठमाण्डौ लाई २ लाख सहयोग रकम सहयोग गरेको छ ।

भेट्रानले गत फेब्रुअरी २४ मा काठमाडौंमा “एमएस सेन्टर” र एफसी केन्ट गोर्खा भेट्रान बेलायतविच एक च्यारिटी फुटबल खेलको आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो ।

टिम कोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा सहारा क्लबको आयोजनामा खेलेर सहारा युथ क्लबलाई सहयोग गर्ने क्लबको योजना रहेको छ ।

क्लबका प्रवन्धक बुद्धि सुनुवारका अनुसार बेलायती सेनामा २०० वर्ष सेवा गरेकोले गोर्खा सेनाका नेपाली परिवारलाई सन २००७ देखि बेलायतमै बस्न अधिकार दिए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न २०१४ मा यो क्लबको स्थापना भएको हो ।

Share Now

Leave a comment.