Prakash Adhikari March 1, 2018

 

काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा युवराज खतिवडाले अनुत्पादक क्षेत्रमा भएको कर्जाप्रवाह नियन्त्रण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेमा अहिले देखिएको तरलता संकट आफै हट्ने बताएका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएपछि बिबिसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।

उनले बैैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या पुँजी बृद्धिको कारण सिर्जित भएको बताउँदै अन्तराष्ट्रिय बजारबाट पुँजी प्रवेश गराएर पनि तरलता समस्या सामाधान गरिने बताए ।

उनले भने ‘फेरी पनि त्यो पैसा घरजग्गा, सेयर बजार, अटोमोबाइल र उपभोगमा लगानी गर्यो भने त केहि पनि अर्थ हुदैन।’

उनले योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्थाबाट सामाजिक सुरक्षाका विषयलाई संबोधन गरिने पनि बताए ।

कर्जाका क्षेत्र र सीमा तोक्ने अधिकार नेपाल राष्ट्र बैंकको दायरामा भएको उल्लेख गर्दै बीबीसीसंग अर्थमन्त्री खतिवडाले मन्त्रालयको ध्यान समग्र
अर्थतन्त्रको सुधार,विकास र विस्तारमा केन्द्रीत हुने बताए ।

उत्पादनमूलक क्षेत्रलाई प्रबद्र्धन गर्ने नीति सरकारले लिने बताउदै उने भने ., १० रुपैयाँ खर्च गर्दा न्यूनतम १२ रुपैयाँसम्म आम्दानी हुने क्षेत्रमा लगानी गर्न हुँदैन ।

घरजग्गा कर्जाले नेपालको बैकिंग क्षेत्र ध्वस्त पार्न लागेको बेलामा नेपाल राष्ट््रबैकका गभर्नर भएका खतिवडाले आफ्नो कार्यकालमा बैंकिड. क्षेत्रको सुधार
गरी स्वस्थ्य अवस्थामा ल्याएका थिए ।
शेयर बजारको लगानीलाई अनुत्पादक मान्ने अर्थमन्त्री खतिवडालाई शेयर लगानीकर्ताले भने कठोर व्यक्तिको रुपमा लिने गरेका छन् ।

Share Now

Leave a comment.