आबुधावी(संयुक्त अरब इमिरेट्स), ६ कार्तिक । टी २० विश्वकप अन्तर्गत सुपर १२ चरणको पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ ।
युएईको शेख जायद स्टेडियम अबुधाबीमा भएको खेलमा टस जितेर पहिले फिल्डिड. रोजेको अष्ट्रेलियाले दक्षिण अफ्रिकाले दिएको १ सय १९ रनको सामान्य लक्ष्य ५ विकेटको क्षतिमा दुई बल बाँकी रहदै १ सय २१ रन जोडेर हासिल गरेको थियो ।
अष्ट्रेलियाको लागि स्टेभेन स्मिथले ३५, मार्क स्टोईनिस २४,ग्लेन म्याक्सवेल १८, म्याथ्यु वादे १५, डेभिड वार्नर १४ र मिचेल मार्सले ११ रन बनाएका थिए ।
अष्ट्रेलियालाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका एण्ड्रिच नोर्टजले २ तथा केशब महराज,कागिसो राबडा र तबरिज शम्सीले एक एक विकेट लिएका थिए ।
यस पहिले टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १ सय १८ रन बनाउदै अष्ट्रेलियालाई १सय१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
खेलमा दक्षिण अफ्रिकाका एडेन मारक्रमले ४० रन बनाए भने कागिसो रबाडाले अविजित १९, डेभिड मिलरले १६, हेनरिच क्लासेनले १३ तथा कप्तान तेम्बा बभुमाले १२ रन बनाएका थिए।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा अष्ट्रेलियाकामिचेल स्टार्क , जोश हेजलवुड र एडम जाम्पाले समान दुई दुई विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान एक एक विकेट लिए।
सुपर १२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६ । ६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्।
समुह ‘१’ मा श्रीलंका, बंगलादेश, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्।
समुह ‘२’ मा स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्।
दुवै समुहमा रहेका टिमहरुले एक अर्का बिरुद्ध एक । एक खेल खेलेपछि समुहको उत्कृष्ट हुने दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।


















