दुबाई(संयुक्त अरब इमिरेट्स), २८ कार्तिक । टी २० विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्डले प्रतिस्पर्धी अष्ट्रेलियालाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भैरहेको खेलमा टस हारेर पहिले ब्याटिड.को निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
न्युजिल्याण्डको बलिड.मा क्याप्टेन केन विलियम्सनले ८५ रन,मार्टिन गुप्तिलले २८,ग्लेन फिलिपले १८,जेम्स् निसमले १३,डेरिल मिचेलले ११ र टिम सिफर्टले ८ रन बनाएका थिए ।
न्युजिल्याण्डलाई रोक्ने क्रममा अष्ट्रेलियाका बलर जेम्स ह्याजल उडले ३ विकेट तथा एदम जाम्पाले १ विकेट लिए ।
अहिले अष्ट्रेलियाको पारी चलिरहेको छ । उसले ६ ओभरमा १ विकेटको क्षतिमा ४३ रन जोडेको छ ।
।


















