दुबाई(संयुक्त अरब इमिरेट्स), २८ कार्तिक । टी २० विश्वकप क्रिकेट २०२१को उपाधि अष्ट्रेलियाले जितेको छ ।
आइतबार राती दुबाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रतिस्पधीृ न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजेताको उपाधि जितेको हो ।
खेलमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले २ विकेटको क्षतिमा ७ बल बाँकी रहदै हासिल गरेको थियो ।
अष्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ रन बनाए भने डेभिड वार्नरले ५३ रन ।त्यस्तै ग्लेन म्याक्सवेलले २८ र आरोन फिन्चले ५ रनको योगदान दिएका थिए ।
अष्ट्रेलियालाई रोक्ने क्रममा न्युजिल्याण्डका ट्रेण्ट बल्टले २ विकेट लिए ।
यस अगाडि युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भैरहेको खेलमा टस हारेर पहिले ब्याटिड.को निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
न्युजिल्याण्डको बलिड.मा क्याप्टेन केन विलियम्सनले ८५ रन,मार्टिन गुप्तिलले २८,ग्लेन फिलिपले १८,जेम्स् निसमले १३,डेरिल मिचेलले ११ र टिम सिफर्टले ८ रन बनाएका थिए ।
न्युजिल्याण्डलाई रोक्ने क्रममा अष्ट्रेलियाका बलर जेम्स ह्याजल उडले ३ विकेट तथा एदम जाम्पाले १ विकेट लिए ।


















