हरारे(जिम्बाबे), २० फागुन । आज(आइतबार( देखि जिम्बाबेको राजधानी हरारेमा शुरु हुने आइसीसी विश्व कप छनौट प्रतियोगितामा नेपाली टालीले टष्ट राष्ट् जिम्बाबेसंग उच्च मनोबलका साथ खेल्ने भएका छ ।
आजको खेल जिम्बाबेको क्विन्स स्पोर्ट्स क्लब बुलावेयोमा नेपाली समय अनुसार दिउँसो १: १५ बजेबाट सुरु हुनेछ।
सन् १९९२ मा आइसीसीबाट टेष्ट राष्ट्रको मान्यता पाएको जिम्बाबे नेपालको लागि कडा प्रतिद्धन्द्धि मानिएको छ। सन् १९८३ को बिश्वकप देखि जिम्बाबेले २०१५ सम्म सबै ९ वटा एकदिवसीय बिश्वकप खेलिसकेको छ।
जिम्बाबे र नेपालको रास्ट्रिय टिम बीच यो इतिहासमै पहिलो भेट हुनेछ। यु-१९ मा भने नेपाल र जिम्बाबे ४ पटक प्रतिस्पर्धा भैसकेको छ जसमध्ये ३ वटा खेलमा जिम्बाबेले तथा एउटा खेलमा नेपालले जिम्बाबेलाई पराजित गरेको छ।
सन् २००८ को यु-१९ बिश्वकपको नवौं स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले जिम्बाबेलाई ९९ रनको ठूलो अन्तरले पराजित गरेको थियो जुन खेलमा पारस खड्काले २० रन बनाउनुको साथै ३ विकेट लिएका थिए। जिम्बाबेलाई पराजित गर्दाको प्लेयिंग ११ मा ज्ञानेन्द्र मल्ल पनि थिए।
पछिल्लो १० खेलमा जिम्बाबेको नतिजा
– पपुवा न्यु गिनीसंग ५ विकेटको जित ( बिश्वकप छनौट अभ्यास खेल)
– अफगानिस्तानसंग १४६ रनको हार ( एकदिवसीय सिरिज)(
– अफगानिस्तानसंग १० विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग ६ विकेटको हार ( एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको जित (एकदिवसीय सिरिज )
– अफगानिस्तानसंग १५४ रनको हार ( एकदिवसीय सिरिज )
– बंगलादेशसंग ९१ रनको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग ५ विकेटको हार ( त्रिकोणात्मक सिरिज )
– श्रीलंकासंग १२ रनको जित ( त्रिकोणात्मक सिरिज )
– बंगलादेशसंग ८ विकेटको हार ( त्रिकोणात्मक सिरिज )
नेपाल सतर्क रहनुपर्न दुई खेलाडी
खेलमा धैर्यता र आत्मविश्वासको ठूलो भूमिका हुन्छ । केही समय यता नेपाली टोलीमा यी दुवै गुणहरु विकसित भएको देखिन्छ । डिभिजन २ को छनौट चरणको खेलमा नामिबिया,केन्या, क्यानडा र यूएईसंगको खेलमा नेपाली खेलाडीहरुले निकै संयम र आत्मविश्वासका साथ खेलेको देखिएको छ ।
उपाधीका लागि भएको खेलमा समेत यूएईले दिएको २७८ को विशाल लक्ष्य भेटाउन नेपाल ७ रनले मात्र पछि परर्यो । जिम्बाबेमा भएको अभ्यास खेलमा त नेपालले यूएईलाई पराजित नै गरेको छ ।
यस्तो उच्च मनोबल लिएको नेपाली टोलीलाई घरेलु मैदानकै कारण जिम्बाबेमा अप्ठ्यारो चाही पर्ने देखिदैन् । नामिबियामा घरेलु टोलीलाई नेपालले पराजित गरेको थियो ।
पछिल्लो केहि समयमा जिम्बाबेको प्रदर्शन समेत खस्कदै आएको छ ।तर जिम्बाबेको टीका दुई खेलाडीहरुमा सिकन्दर रजा र ब्रेण्डन टेलरसंग नेपाली टोलीका हरेक खेलाडी सतर्क भने रहन जरुरी छ ।
पाकिस्तानमा जन्मिएका ३१ बर्षीय सिकन्दर रजा सन् २०१३ यता जिम्बाबे टोलीको मुख्य खेलाडी बनेका छन्। दायाँ हाते ब्याट्सम्यान रजाको नाममा एक दिवसीय क्रिकेटमा २,१८५ रन रहेको छ। उनको नाममा ३८ एक दिवसीय विकेट समेत रहेको छ। जिम्बाबेका एक कुशल अलराउन्डर रजालाई जति छिटो रोक्न सक्यो नेपाली टोलीलाई खेल जित्न उति नै सजिलो हुनेछ ।
यस्तै जिम्बाबेकाकुशल ब्याट्सम्यान ब्रेण्डन टेलर सन् २०१५ को आइसीसी एक दिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भएरसन् २०१७ देखि पुन राष्ट्रिय टोलीमा फर्किएका हुन्। विकेटकिपर ब्याट्सम्यान टेलरको नाममा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५,५८५ रन रहेको छ। एक दिवसीय करियरमा जम्मा ९ शतक जोडिसकेका टेलरले सन् २०१५ को एक दिवसीय विश्वकपमा भारत बिरुद्द समेत शतक बनाएका थिए।उनलाई रोक्न सके नेपाली टोलीको विजय सहज हुनेछ ।
टोलीका कप्तानको आशा
नेपाल कप्तान – पारस खड्का
” हामी यहाँसम्म आइपुगेकोमा धेरै उत्साहित छौं। डिभिजन(२ सम्पूर्ण टोलिका लागी गाह्रो थियो तर हामी यहाँसम्म आइपुग्न सफल भयौं। त्यसैले अब हामी यो प्रतियोगिताका लागी उत्साहित छौं। ठूला टोलीहरूमा धेरै दवाब छ तर हामी भने अझ अगाडिसम्म पुग्छौं भन्ने आशा राख्छौं र त्यसको लागी हामी एक खेललाई एक पटक लिन्छौं। ”
जिम्बाबे कप्तान – ग्रेम क्रिमर
“प्रतियोगिता आफ्नै घरेलु मैदानमा खेल्न हामि उत्साहित छौ र ड्रेसिंग रुमको माहोल बिशेष छ। पक्कै पनि घरमा खेल्दा हामिलाई दबाब छ र हामी त्यसको सामना गर्न तयार छौ”
नेपाली टीम
पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिपनाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी
जिम्बाबे टिम
गरेम क्रिमर ( कप्तान) , सिङ विलियम्स, टेण्डाई चिसोरो, टेण्डाई चटारा, क्रेग इर्भिन, कल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, पिटर मुर्, सोलोमोन मिरे, ब्लेसिंग मुजराबानी, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर
सहभागी टिम र समुह बिभाजन
समुह ‘ए’ – वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र युएई
समुह ‘बी’’ – अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र नेपाल
कसरी पुगे बिश्वकप छनौटसम्म टिमहरु र
युएई र नेपाल २०१८ डिभिजन-२ को बिजेता र उपविजेताको रुपमा
वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड ( ३० सेप्टेम्बर २०१७ सम्मको आईसीसी एकदिवसीय वरियतामा उत्कृस्ट ८ टिम भित्र पर्न असफल ,१२ औं स्थान )
नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी ( बिश्वक्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ मा उत्कृस्ट-४ टिम
कसरी छानिन्छ बिश्वकप छानिने २ टिम ?
बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ । समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृष्ट-३ हुने टिम सुपर(सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल समूह चरणमा भेट नभएका टिमसंग मात्र खेल्नेछ । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंग पाएको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृष्ट २ हुने टीम विश्व कप २०१९ खेल्न छनौट हुनेछ।
एकदिवसीय मान्यता कसले पाउछ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले विश्वकप छनौट प्रतियोगितामा सहभागी १० टीम मध्ये उत्कृष्ट ३ एसोसिएट राष्ट्र् एकदिवसीय राष्ट मान्यता दिने बताएको छ। १० टिम मध्ये वेष्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्ड टेष्ट राष्ट हो भने बाँकी ६ देश नेपाल, नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग र युएई मध्ये सर्वाधिक अंक प्राप्त गर्ने ३ वटा टीमले एकदिवसीय मान्यता पाउनेछ।
नेपालको खेल तालिका
४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग
आशा गरौं, र कामना पनि गरौ, संसारको सर्वोच्च शिखर सगरमाथाको देश, विश्वमा शान्तिको सन्देश फैलाउने भगवान गौतम बुद्ध जन्मिएको देश, हिन्दुहरुका आराध्य देव देवाधिदेव महादेव पशुपतिनाथको रुपमा प्रकट भएको मुलुकका खेलाडीहरुले उच्च मनोबलका साथ धैर्यतापूर्वक खेलेर दक्षिण अफ्रिकी मुलुक जिम्बाबेमा पनि चन्द्र सूर्य झण्डा फराएर विश्वभर बीर गोर्खालीको शान र नेपालको मान फैलाउने छन् ।