Prakash Adhikari November 21, 2021

 

भियना (अष्ट्रिया), ५ मसिर(बीबीसी) । युरोपमा कोभिड(१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।

हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिए।

अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू  निकै चिन्तित रहेको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५, ००,००० मानिसको मृत्यु हुनसक्ने बीबीसीसँग बताउनुभयो।

द हेगमा भएको विस्फोटन

द हेगमा भएको विस्फोटन : हेग शहरका सडकमा प्रदर्शनकारीहरूले आगो लगाएका थिए

“कोभिड १९ फेरि हाम्रो क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ”,उहाँले भन्नुभयो। भाइरससँग लड्नका लागि खोप अनि मास्क लगाउने जस्ता गरिनुपर्ने कार्यहरूबारे सर्वसाधारणहरूलाई थाहा भएको उहाँले टिप्पणी गर्नुभयो।

कोभिड सङ्क्रमण फैलन नदिनका लागि कैयौँ सरकारहरूले नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।

प्रदर्शन

नेदरल्यान्ड्सका कैयौँ सहरहरूमा लगातार दोस्रो रात प्रदर्शनहरू भए। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कसैले एउटा झ्यालबाट बिरामी बोकेको एम्बुलेन्समा ढुङ्गा प्रहार गरेका थिए। अधिकारीहरूका अनुसार पाँच जना प्रहरी घाइते भएका छन्।

घुँडामा चोट लागेका एक जनालाई एम्बुलेन्समार्फत उद्धार गरिएको छ।

शुक्रवार प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्ध विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका थिए।

महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ।

रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्।

सन् २०२२को फेब्रुअरीमा कोभिड विरुद्धको खोप अनिवार्य बनाउने योजना र नयाँ राष्ट्रव्यापी लकडाउन सार्वजनिक गरिएसँगै अस्ट्रियाको हजारौँ प्रदर्शनकारीहरू अस्ट्रियाको राजधानी भियनामा विरोधमा उत्रिएका छन्।

युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी प्रावधानका रूपमा अघि सार्ने अस्ट्रिया पहिलो मुलुक हो।

सोमवारदेखि उक्त देशमा २० दिनसम्म चल्ने लकडाउन सुरु हुने छ। अत्यावश्यक सामाग्री बेच्ने पसल मात्रै चल्न पाउने छन् भने कर्मचारीहरूले घरबाटै काम गर्नुपर्ने छ।

त्यस्तै क्रोएशियामा पनि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा राजधानी जाग्रेबमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्।

इटलीमा कार्यालय, सार्वजनिक सवारीका साथै अन्य विभिन्न स्थानमा प्रवेश पाउनका लागि अनिवार्य बनाइएको ुुग्रिन पासुुको विरोधमा केही हजारको सङ्ख्यामा रहेका मानिसहरू प्रदर्शनमा उत्रिएका छन्।

 

Share Now

Leave a comment.