Prakash Adhikari November 24, 2021

 

जेनेभा(स्वीजरल्याण्ड), ८ मंसिर । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड १९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा उच्च वा चरम दबाव हुने चेतावनी दिएको छ।

युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ।

फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।

तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो।

डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ।

“अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ”, डब्ल्यूएचओले मङ्गलवार भनेको छ।

कोभिड

कोभिड
पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोबर भएर दैनिक ४ हजार २ सय पुगेको डब्ल्यूएचओले बताएको छ।

रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १ हजार २ सय नाघेको छ।

डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो।

डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गर्नुभएको छ।

“अनावश्यक वियोग र जीवनको क्षति एवं यो हिउँदमा समाज र व्यवसायमा हुनसक्ने थप सङ्कटलाई रोक्न सहयोग गर्नु हामी सबैसँग अवसर र जिम्मेवारी छ”,उहँले भन्नुभयो।

डब्ल्यूएचओले युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरेल, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई पनि राखेको छ।

कोभिड(बीबीसीबाट)

Share Now

Leave a comment.