Prakash Adhikari November 27, 2021

बिदुर(नुवाकोट), ११ मंसिर । नेपाली काग्रेस नुवाकोटको सभापति पदमा रमेशकुमार महत विजयी बन्नुभएको छ ।

आफ्ना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै महत सभापतिमा विजयी हुनुभएको हो ।

नेपाली कांग्रेस नुवाकोटका युवा नेता महत महासमिति सदस्य हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघीय प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाको समर्थन थियो ।

सभापतिका अर्को उम्मेद्धवार डा. केसीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी तथा निवर्तमान जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको समर्थन रहेको थियो।

Share Now

Leave a comment.