काठमाडौं, ११ मंसिर । नेपाली काग्रेसको जिल्ला अधिवेशनपछि भएको निर्वाचनको परिणाम धमाधम आउन थालेका छन् । पछिल्लो पटक पाल्पा,स्याड.जा, रुपन्देही, नवलपरासी,पर्वत,खोटाड. र दार्चुलाको परिणाम सार्वजनिक भएको छ ।
पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ
नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बन्नुभएको छ । श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याउनुभएको छ । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी हुनुभएको छ भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाउनुभएको छ ।
सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाउनुभएको छ । शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी हुनुभएको छ । कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो ।
स्याङ्जाको सभापतिमा थापा विजयी
नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गर्नुभयो ।
कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुनुहुन्छ । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभएको थियो । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित हुनुभएको छ ।
विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गर्नुभयो । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाउनुभयो भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गर्नुभएको थियो ।
पश्चिम नवलपरासीमा पोखरेल
नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी हुुनुभएको छ ।
शनिबार सम्पन्न मतगणना अनुसार मोहनप्रसाद शर्मालाई १ सय ९५ मत अन्तरले पराजित गर्दै पोखरेल सभापतिमा विजयी हुनुभएको हो ।
यसअघिका जिल्ला उपसभापति पोखरेलले ७ सय ५६ मत ल्याउदा शर्माले ५ सय ६१ मत पाउनुभयो ।
जिल्ला कार्यसमितिमा उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड, सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी तथा सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित हुनुभएको छ ।
पर्वतमा युवराज जोशी
नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी हुुनुभएको छ ।
गए राति सम्पन्न मनगणनामा जोशीले खसेको मतमध्ये ५१ दशमलव ५ प्रतिशत मत हासिल गर्नुभएको थियो ।
निर्वाचनमा सहभागी १ हजार १ सय ८६ मतमध्ये उनले ६ सय ९ मत पाउनुभयो ।
निर्वाचनमा उपसभापतिमा डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी हुनुभयो । त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६ सय ५८ मत ल्याएर विजयी हुनुभयो ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिबाट कुलप्रसाद पाध्या, खुला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी हुनुभएको छ ।
खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, विद्वान् गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी हुनुभएको छ ।
दलित महिलातर्फ खैसरा नेपाली, दलित खुलामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मीनाकुमारी केसी र सिर्जना मल्ल विजयी हुनुभयो ।
त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी हुनुभएको छ भने आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
अपाङ्गता भएका व्यक्तितर्फ लेखनाथ पौडेल र मधेसी-मुस्लिम-अल्पसङ्ख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित हुनुभएको छ। जिल्ला सदस्यमा खुला र भूगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
खोटाङ सभापतिमा विष्णुकुमार राई
नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी हुनुभएको छ। जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत पाउनुभयो ।
निर्वाचनमा उपसभापतिमा ईवन राईले र तीर्थराज भट्टराई विजयी हुनुभएको छ
सचिवमा समिर राई र ज्ञानेन्द्र जोशी विजयी हुनुभएको छ ।
सहसचिवमा साजन राईले र सालिकराम बञ्जरा विजयी हुनुभयो।
सातौँ जिल्ला अधिवेशनका लागि १ हजार ३ सय ७३ प्रतिनिधि चुनिएकामा १ हजार ३ सय २२ मत खसेको थियो । विष्णुकुमार कांग्रेस खोटाङको चौँथोँ कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित हुनुभएको हो ।
यस्तै क्षेत्रीय कार्य समितिमा क्षेत्र नं १ ‘क’ को सभापतिमा राजेन्द्र राई प्यानलसहित र क्षेत्र नं. २ ‘ख’को सभापतिमा दिनेशकुमार घिमिरे विजयी हुनुभएको छ ।
रुपन्देही सभापतिमा खाँण निर्विरोध
नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित हुनुभएको छ।
सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिनुभयो ।
सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुनुहुन्छ । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँण यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो ।
उपसभापतिमा थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध हुनुभएको छ ।
सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए ।
दार्चुलाको सभापतिमा बोहरा
नेपाली कांग्रेसको दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित हुनुभएको छ ।
अमरसिंह धामीलाई पराजित गर्दै बोहोराले दोस्रोपटक निर्वाचन जित्नुभएको हो ।
जिल्ला अधिवेशनबाटे उपसभापतिमा ललितसिंह ठगुन्ना र महादेव बडू , सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशीलाई निर्वाचित गरेको छ।
यस्तै जिल्ला कार्यसमिति सदस्य खस–आर्य तर्फबाट इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, जिल्ला कार्यसमिति सदस्य गापा–नपाबाट नविन चन्द, बहादुर सिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी, जिल्ला कार्यसमिति सदस्य अपांगता अल्पसंख्यकमा दानी गिरी निर्वाचित हुनुभएको छ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बासुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, वीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी र सन्जा धामी निर्विरोध निर्वाचित हुनुभएको छ ।
जिल्ला कार्यसमिति सदस्य (महिला) कलावती ठेकरे, माया भट्ट र शान्ती देवी धामी, (दलित) मदनराम लुहार र श्याम सिंह सिनाल, आदिवासी जनजातिमा धिरन सिंह बुढाथोकी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
इलाममा डम्बर खड्का विजयी
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाम सभापतिमा डम्बरबहादुर खड्का विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी भेषराज आचार्यलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।
पार्टीको उपसभापतिमा खगेन्द्र देवान र विष्णुकुमारी लिम्बू दाहाल विजयी बन्नुभएकोछ ।
सचिव पदमा पूर्णप्रसाद गौतम र निरोज खड्की बन्नुभएको छ ।
त्यस्तै दुई सहसचिव पदमा डालाकुमारी कार्की देवेन्द्रकुमार सुवेदी विजयी बन्नुभएको छ ।
सभापतिमा चारजनाको नाम दर्ता
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।
निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको हो । त्यस्तै दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले पनि मनोनयन दर्ता गराउनुभएको छ । उहाँ हालका जिल्ला सचिव हुनुहुन्छ ।


















