धनगढी(कैलाली), १८ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सहमतिमा छनोट गर्ने प्रयास सफल नभएपछि संस्थापन र इतर पक्ष चुनावमा गएका छन्।
संस्थापन पक्षबाट पूर्वमन्त्री वीरबहादुर बलायर सभापतिमा उम्मेदार बनेका बन्नुभएको छ भने संस्थापन इतर पक्षले कैलालीका पूर्वजिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।
उपसभापतिमा गोपाल गुरूङ, मानबहादुर रावल, रघुवर भट्ट, लोकराज अवस्थी र हिम रावलको उम्मेदवारी परेको छ।
महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, प्रताप गुरधामी र धनबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ।
सहमहामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट, सीमा भण्डारी कुँवर, अम्बिका चलाउने, गोपालदत्त भट्ट, चिन्तामणि भट्ट, लक्ष्मण शाही र डम्बरी महरा रक्षाको उम्मेदवारी परेको छ।


















