काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्र्टीको नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ८ बजे मतदान सुरु हुँदै छ। मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ।
राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ।
राप्रपाको केन्द्रीय समितिमा रहने पदाधिकारीसहित १ सय ४१ सिटका लागि २६४ जनाको उम्मेदवारी परेका छन्।
राप्रपा केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महामन्त्रीमा दुई महिलासहित ६ जनाको उम्मेदवारी परेको छ।
राप्रपाको विधानअनुसार निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ४ र महामन्त्री ३ जना चुनिनेछन्, अन्य सदस्य हुनेछन्।
उपाध्यक्ष र महामन्त्रीमा एकरएक जना महिला अनिवार्य गरिएको छ। यसबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ।
राप्रपा अध्यक्ष पदको मतदानमा कागज प्रयोग हुनेछ भने अन्य पदमा युवा वैज्ञानिकहरू रामलक्ष्मणले बनाएका ९१ वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिँदै छ।
एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने बताइएको छ।
मतदानमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै छन्।
ककसको भिडन्त हुँदैछ ?
राप्रपाको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको बीचम प्रतिस्पर्धा हुँदैछ ।
उपाध्यक्षमा जगतप्रसाद गौचन ,रामचन्द्र राय यादव, लीलादेवी श्रेष्ठ महिला, विक्रम पाण्डे ,रोशन कार्की , बुद्धिमान तामाङ, दुर्गा श्रेष्ठ र ध्रुवबहादुर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ ।
महामन्त्रीमा रेखा थापा कुन्तीकुमारी शाही डा धवलशमशेर राणा ,श्यामप्रसाद तिमल्सिना, भुवन कुमार पाठक र भास्कर भद्राले दिनुभएको छ ।
पशुपतिको आशिर्वाद महत्वपूर्ण
राप्रपाका नेताहरुमध्ये डा.प्रकाशचन्द्र लोहनीले लिड.देनलाई समर्थन गर्नुभएको छ भने लोकेन्द्रबहादुर चन्दले थापालाई । अर्का अध्यक्ष पशुपति समशेर कतै नखुल्नुभएकोले उहाँको आशिर्वाद जता ढल्कन्छ, त्यतैको पडला भारी हुने अनुमान गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा उठ्नुभएका विक्रम पाण्डे दुवै पक्षको तानातानमा हुनुहुन्छ । उहाँको पनि जनाधार बलियो भएको मानिन्छ ।
थापा र लिङ्देन दुवै पक्षकोप्यानलको उपाध्यक्षमा पर्नुभएका पाण्डे शुक्रबार लिङ्देनसँगै चुनावी प्रचारमा देखिनुभयो।
पूर्वमन्त्री र निर्माण व्यवसायी रहेका पाण्डेका पक्षबाट ५ सय बढी प्रतिनिधि भृकुटीमण्डप आएको बताइन्छ।
राप्रपाका पुरानो पुस्ताका प्रतिनिधिमा कमल थापा प्रति विश्वास देखिन्छ भने नयाँ पुस्तामा लिड.देन प्रति ।
राप्रपाका ४ हजार ३ सय ८१ प्रतिनिधिले आगामी ४ वर्षे कार्यकाल हाँक्ने नेता छान्दैछन्।
निर्वाचनमा १६ जनाले पदाधिकारी र २ सय ५० जनाले सदस्यमा प्रतिस्पर्धा गरिरहेका छन्।


















