Prakash Adhikari December 14, 2021

 

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवा नेता विमलेन्द्र निधिको निवासमा पुग्नुभएको छ ।

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका देउवाले निर्वाचनमा सर्वाधिक मत पाउनुभयो तर बहुमत पुर्याउन सक्नुभएन ।

दोस्रो चरणमा शीर्षस्थानमा रहेका दुई प्रतिस्पर्धीबीच निर्वाचन हुने भएपछि आफ्नो पक्षमा समर्थन जुटाउन उहाँ विमलेन्द्र निधिको निवासमा पुग्नुभएको हो ।

नेता निधि पनि पहिलो चरणमा सभापतिका उम्मेद्वार हुनुहुन्थ्यो । उहाँको मत आर्जनमा चौथो हुनुभएको थियो ।

दुई नेताहरुबीच सहमति भएको र निधिले पनि सभापतिको दोस्रो चरणको निर्वाचन भएमा देउवालाई समर्थन गर्ने निर्णय सुनाउनुभएको स्रोतहरुको दावी छ ।

यस पहिले प्रधानमन्त्री पहिलो चरणका सभापतिका उम्मेदवार प्रकाशमान सिंहकहा पुगेर उहाँको समर्थन लिनुभएको थियो ।

त्यसपूर्व पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गर्नुभएको चियापानमा पुगेर उहाँको प्रशंसा गर्दै सद्भाव पनि लिन सफल हुनुभएको थियो ।

पहिलो चरणमा सभापतिका उम्मेवार रहनुभएका सिंह र निधिको समर्थन प्राप्त गर्नुभएका देउवा दोस्रो चरणमा मतदान भएरमा सहजै विजयी हुने स्थिति बनेको छ ।

दोस्रो स्थानमा रहनुभएका डा. शेखर कोइरालासंग उहाँको भेटघाट भएमा पुनः मतदानमा नजाने स्थिति सिर्जना हुने अवस्था पनि आउने बताइन्छ ।

Share Now

Leave a comment.