Prakash Adhikari December 18, 2021

काठमाडौं,३ पौष । नेपाली कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणनामा डा. शशांक कोइराला पहिलो स्थानमा देखिनुभएको छ ।

पार्टीको सभापति उठने चर्चामा रहेर पनि केन्द्रीय सदस्यमा उठनुभएका उहाँ दुवै खेमाको लिष्टमा पर्नुभएको थियो ।

९ सय ८८ मत गन्दा उहाँ पछि दोस्रो र तेस्रो स्थानम एन पी साउद, शंकर भण्डारी रहनुभएको छ ।

 

निर्वाचन समितिले सार्वजनिक गरेको ९८८ मतगणनाको परिणाममा शीर्ष ३५ जनाभित्र परेका नेताहरुको मत यस्तो छ ।

१. डा. शशांक कोइराला ८१४
२. एनपी साउद ६३१
३. शंकर भण्डारी ५९८
४. बालकृष्ण खाँण ५९६
५. रमेश लेखक ५९६
६. ज्ञानेन्द्रबहादुर कार्की ५९५
७. रामहरि खतिवडा ५८९
८. अर्जुन नरसिंह केसी ५८६
९. उदयशम्शेर राणा ५८२
१०. गोपालमान श्रेष्ठ ५४३
११. बलबहादुर केसी ५३६
१२. गोविन्द भट्टराई ५३४
१३. रामशरण महत ५२९
१४. जिपछिरिङ लामा ५२८
१५. जितजंग बस्नेत ५१९
१६. नैनसिंह महर ५१५
१७. पदमनारायण चौधरी ५१४
१८. दिलेन्द्रप्रसाद बडु ५१३
१९. सुनीलबहादुर थापा ५०२
२०. मोहनबहादुर बस्नेत ४७१
२१. दीपक गिरी ४६२
२२. सुरेन्द्रराज पाण्डे ४५६
२३. गुरु बराल ४५१
२४. कुन्दनराज काफ्ले ४४६
२५. मोहन आचार्य ३७४
२६. प्रा डा गोविन्दराज पोखरेल ३६४
२७. शम्भुलाल श्रेष्ठ ३६१
२८. अजयबाबु शिवाकोटी ३५६
२९. गणेश लामा ३५६
३०. दिनेश कोइराला ३५६
३१. वीरेन्द्रकुमार कनौडिया ३५६
३२. सञ्जयकुमार गौतम ३५६
३३. मदनबहादुर अमात्य ३५४
३४. गोपाल दहित ३५२
३५. केदार कार्की ३४९

 

Share Now

Leave a comment.