Prakash Adhikari December 20, 2021

सानेपा(ललितपुर), ५ पौष । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा ओखलढुंगाका प्रदीपकुमार सुनुवार निर्वाचित हुुनुभएको छ भने अपांगतर्फको केन्द्रीय सदस्यमा भक्तपुरका मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार एक सिट अल्पसंख्यकमा ५ जना उठ्नुभएको थियो। जसमा २१७१ मत ल्याएर सुनुवार निर्वाचित हुनुभयो । अल्पसंख्यकका अन्य उम्मेदवारमा ओमप्रकाश शर्मा माडवारीले ५३६, टिकाराम शर्मा लेप्चा १०२३, प्रेमबहादुर छन्त्याल २०६ र हरिबहादुर घलेले ६०९ मत पाउनुभएको थियो ।

त्यस्तै अपांगमा मदनकृष्ण श्रेष्ठले १६४० मत ल्याएर विजयी हुँदा अरुण के.सीले ३२७, उदयबहादुर लिम्बू २३२, कुमार कँडेल १०५, गोपालबहादुर देउवा २२९, धीरेैन्द्रकुमार सिंह १९८, पुष्करकुमार खड्का १०२ र प्रकाश पन्थले २३९ मत ल्याउनुभयो ।

त्यस्तै बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईले १९८, बसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल बैरागीले २९० मत हासिल गर्नुभएको थियो ।

Share Now

Leave a comment.