Prakash Adhikari December 24, 2021

 

शारजहाँ(संयुक्त अरब इमिरेट्स), ९ पौष । युएईमा भैरहेको अन्डर १९ एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाल १ सय ५४ रनले टेस्ट राष्ट्र बंगलादेशसग पराजित भएको छ।

शारजाह क्रिकेट स्टेडियममा बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा १ सय ४३ रन हासिल गर्दै सम्पूर्ण विकेट गुमायो।

नेपालको ब्याटिंगमा गुल्सन झाले सर्वाधिक ३५ रन, विवेक मगरले ३३ रन, विवेक यादवले २६, अर्जुन साउदले १५ तथा देव खनालले १२ रनको योगदान दिए। त्यस्तै खेलमा बसिर अहमदले ८, अर्जुन कुमालले ५, सन्तोष कार्की ३ र मोहम्मद आदिल आलमले १ रनको योगदान दिए । दुर्गेश थापा र तिलक भण्डारी खाता खोल्न असमर्थ रहे ।

बंगलादेश बलर हसन साकिब, रकिबुल हसन, एसएम मेहरुब र नैमुर रोहमनले समान दुई । दुई विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट क्षतिमा २ सय ९७ रन बनाएको थियो।

बंगलादेशको ब्याटिंगमा मोहम्मद प्रान्तिक नवरोजले सर्वाधिक १ सय २७ रन बनाए । मोहम्मद फहिमले ५८, ऐच मोल्लाहले २२, इफ्तिखार होसेन र मेहरोब हसनले समान २१ । २१ तथा मोहम्मद महफिजुल इश्लाम ले १७ रन बनाए।

बंंगलादेशलाई रोक्न गुलसन झा, तिलक राज भण्डारी र आदिल अन्सारीले समान एक एक विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ मा श्रीलंकासंग तथा तेश्रो खेल डिसेम्बर २८ मा कुवेतसग खेल्ने तालिका

छ।

 

समुह चरणमा तीन वटा खेल पछि अंकतालिकामा उत्कृष्ट हुने दुई टिम सेमिफाइनल पुग्नेछन्।

८ टोली सहभागी प्रतियोगितामा नेपाल समुह ‘बी’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छन्।

समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छन्।

Share Now

Leave a comment.