काठमाडौं, ९ पौष । वाग्मती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री थप गरेसँगै मन्त्रीहरूको संख्या १८ पुगेको हो ।
मुख्यमन्त्री पाण्डेले आज सत्ताघटक नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थप्नुभएको हो।
आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै बलराम पौडेलले भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
लामाकाअनुसार कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।


















