Prakash Adhikari March 6, 2018

काठमाडौं,२२ फागुन । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले बुधबार बिहान ९ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दिने कार्यतालिका छ ।

अहिलेसम्म सो पदमा उम्मेदवारी दिने सम्बन्धमा कांग्रेसले औपचारिक रुपमा बोलेको छैन् । केही केन्द्रीय सदस्यहरु प्रतिपक्षी दलले आत्मसमर्पण गर्न नहुने र जितेपनि हारेपनि आफ्नो उम्मेद्वार खडा गर्नुपर्ने बताउछन् ।

उम्मेद्वारसम्म नउठाउदा देश विदेशमा रहेका पार्टी कार्यकर्तामा पार्टीले उम्मेदवार उठाउने हिम्मत सम्म नगरेको सन्देश जाने भएकोले उठाउदा उपयुक्त हुने विचार उनीहरुको छ ।

केहीले भने हारिने चुनाव लड्नुभन्दा उम्मेदवारी नदिएर कम्युनिष्टहरुलाई उनीहरुले चाहे र सोंचे जस्तो गर्न दिनुपर्ने तर्क पनि गरेका छन् तर या समूह सानो छ ।

राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहनुभएको बताइन्छ ।

Share Now

Leave a comment.