Prakash Adhikari March 6, 2018

 

काठमाडौं,२२ फागुन । नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधि सभा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले विगतमा संविधान संशोधन राष्टहितमा नभएको बताउने एमाले अहिले संविधान संशोधनको निश्कर्षमा आइपुगेको थाहापाउदा आफूलाई सन्तोष लागेको बताएका छन् ।

नेता देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा संबोधन गर्दा सो कुरा बताएका हुन् ।

संबोधनका क्रममा उनले संविधानमा रहेका कमी कमजोरी सच्याएर यसलाई सर्वस्वीकार्य बनाउने र सबै नेपालीको अपनत्व रहने तथा सबै नेपालीको भाग्य सुरक्षित गर्ने दस्तावेज बनाउने कार्यमा आफू र आफ्नो दलको पूरा सहयोग र समर्थन रहने बताउदै यसको आधारभूत संरचनामा भने परिवर्तन गर्न नहुने अभिव्यक्ति दिए ।

धेरै लामो संघर्षबाट संविधान प्राप्त भएको भन्दै उनले भने, ‘संविधानका आधारभूत संरचनामा परिर्वतन गर्ने काम नहोस्, त्यो हामीलाई स्वीकार्य हुनेवाला छैन ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न पनि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

देउवाले आफ्नो नेतृत्वमा चुनाव गरेर संविधान कार्यान्वयन गर्न पाएकोमा सन्तोष लागेको बताए ।

उनले अदालतलार्इ तर्साउने र प्रेसलार्इ धम्क्याउने काम कही कतैबाट पनि हुनु नहुने समेत बताए ।

Share Now

Leave a comment.