Prakash Adhikari January 1, 2022

 

काठमाडौं, १७ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्य समितिमा १० जना नेताहरुलाई मनोनयन गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा.नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको हो ।

नोली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उहाँहरुलाई नियुक्त गर्नुभएको हो ।

सो उपधाराले सभापतिलाई समावेशिताको अनुपात मिलाएर ३३ सदस्य मनोनित गर्ने सहुलियत दिएको छ ।

Share Now

Leave a comment.