तानसेन(पाल्पा), १८ पौष । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा आठ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। शव बोकेको बस दुर्घटनामा परेको हो।
वुटवलको बेलबासबाट पाल्पा हुँदै रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका हुन्।
रिब्दीकोट २ लगुवा भन्ने ठाउँमा बस दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।
‘सात जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगेका छौं,’ डिएसपी त्वातीले भन्नुभयो।
बस घुम्तीबाट खसेको थियो। सडक चिप्लो हुँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
मृत्यु हुनेहरूको नाम खुल्न बाँकी छ।


















